अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,पुस १७ गते।
जापानमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
सोमबार दिउँसो जापानको मध्य भागमा अवस्थित इशिकावा केन्द्रविन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प जाँदा १३ जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ ।
उद्धार तथा बचाउ कार्य जारी रहेको छ ।
भूकम्पका कारण सयौं भवनमा क्षति पुगेको छ भने हजारौं मानिसहरू प्रभावित भएको बीबीसीले जनाएको छ ।