अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, माघ १९ गते।
नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन साताका लागि दिउँसो बन्द गरिने भएको छ। सो सडक खण्डको तुईन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता दिउँसो सडक बन्द गरेर काम गर्न लागिएको हो।
जिल्ला प्रशासन कार्यालय चितवनमा हिजो भएको जिल्ला सुरक्षा समितिको बैठकले थप तीन साता सडक बन्द गरेर काम गर्ने निर्णय गरेको नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड–(नारायणगढ–मुग्लिन)का सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यले जानकारी दिए । उनले अन्तिम पटकका लागि तीन साता सडक बन्द गरेर काम गर्न लागिएको बताए ।