अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, माघ १९ गते।
आईसीसी यू १९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा नेपालले आज भारतसँग खेल्दैछ ।
खेल नेपाली समय अनुसार दिउँसो १:४५ मा हुनेछ ।
नेपाल यसअघि ‘सुपर सिक्स’ चरणको आफ्नो पहिलो खेलमा अर्को टेस्ट राष्ट्र बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो । उक्त खेलमा टस जिती पहिले ब्याटिङ रोजेको नेपालले ४९.५ ओभरमा अलआउट हुनुअघि एक सय ६९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको बंगलादेशले २५.२ ओभरमै पाँच विकेट गुमाएर विजय लक्ष्य पुरा गरेको थियो ।
भारतले भने ‘सुपर सिक्स’ चरणको आफ्नो पहिलो खेलमा न्युजिल्यान्डलाई दुई सय १४ रनको विशाल अन्तरले पराजित गरेको थियो ।
आजको खेलमा विजयी भएमा भारत सेमिफाइनलमा पुग्नेछ ।