मिथिलाञ्चलमा जुडशीतल पर्व मनाइँदै

अनलाईन न्युजपाटी ,जनकपुरधाम ,समाचारदाता,वैशाख २ गते।

मिथिलाञ्चलमा आज जुडशीतल पर्व हर्षोल्लासपूर्वक मनाइँदैछ ।

जुडशीतल पर्वमा घरका ज्येष्ठ सदस्यले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घ जीवनको आशीर्वाद दिने गर्दछन् । थारू समुदायले यसलाई सिरूवा पर्व भनी मनाउने गरेका छन्

यस पर्वमा शीतलताको कामना सूर्यको कडा तापविरूद्ध हुन्छ । वैशाखदेखि सूर्यको ताप वृद्धि हुने गरेका कारण यस पर्वमा मानवमात्रको कल्याण नभई रूख, बिरुवाका लागि पनि शीतलताको कामना गरिन्छ ।

यस पर्वमा तरुवा, बरी (बेसनको व्यञ्जन) दही विशेष प्रकारले खाइन्छ जुडशीतलमा कुलदेवतालाई बासीभात, दही, मीठा र आँपको टिकुलाको नैवेद्य चढाइने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *