अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, जेठ १० गते।
भारतसँग सिमाना जोडिएका पर्साका नाका विहार राज्यको पश्चिम चम्पारण जिल्लामा यही जेठ १२ गते हुने लोकसभा निर्वाचनका कारण बन्द गरिएको हो ।
पर्सा जिल्लाका सीमानाका आज बिहान ६ बजेदेखि बन्द भएका पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए । जेठ १२ गते अपराह्न ६ बजेसम्म नेपाल– भारत सीमानाका बन्द हुने उनले जानकारी दिए ।