आज बुद्ध जयन्ती मनाइँदै, आज देशभर सार्वजनिक बिदा

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, जेठ १० गते।

आज बुद्ध जयन्ती मनाइँदै छ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो। बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६८ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो।

बुद्धजयन्तीको अवसरमा बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले सबैलाई आह्वान गरेको छ ।

सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *