अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,जेठ ८ गते।
इरानमा राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि पाँच दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ ।
इरानको सरकारी मिडियाका अनुसार राष्ट्रपतिको निधनमा पाँच दिनको राष्ट्रिय शोक घोषणा गरिएको हो ।
आइतबार अजरबैजानबाट तबरिज सहरतर्फ गइरहेको बेला राष्ट्रपति रायसी, विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानसहित ६ जना सवार हेलिकप्टर दुर्घटना भएको थियो । दुर्घटनामा सबैको मृत्यु भएको सोमबार मात्र पुष्टि भएको थियो ।