अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, जेठ २२ गते।
दैलेखमा ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
मंगलबार बिहान १० बजेर ३४ मिनेटमा दैलेखलाई केन्द्रविन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको छ।
भूकम्पले के कति क्षति पुर्याएको छ भन्ने खुल्न सकेको छैन। स्थानीयले भूकम्पको धक्का महसुस गरे पनि क्षतिको विवरण आएको छैन।