अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, असार १२ गते।
चटयाङ लागेर कैलालीमा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कवीन्द्रसिंह बोहोराले धनगढी उपमहानगरपालिका-१८ एफ गाँउका २७ वर्षीय शालिम चौधरी र जोशीपुर गाउँपालिका-३ का ३१ वर्षीय जयराम डगौराको चट्याङ लागेर मृत्यु भएको जानकारी दिए ।
आज बिहान खेतमा काम गर्न जाने क्रममा चट्याङ लागेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।
चट्याङ लागेर अन्य पाँच जना गम्भीर घाइते भएका छन् ।