एसईईको ग्रेड वृद्धि (पुरक) परीक्षा २३ साउनदेखि सुरु हुने

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, असार १७ गते।

एसईईको ग्रेड वृद्धि (पुरक) परीक्षा २३ साउनदेखि सुरु हुने भएको छ ।

आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय र शिक्षा मन्त्रालयको बैठकले २३ साउनबाट पूरक परीक्षा गर्ने निर्णय गरेको हो।

यसअघि दुई विषयमा नन ग्रेडेड (अनुत्तीर्ण) विद्यार्थीका लागि बोर्डले १८ र १९ साउनमा परीक्षा गर्ने सूचना जारी गरेको थियो तर मन्त्रालयले शुक्रबार दुईभन्दा बढी विषयमा नन ग्रेडेडलाई परीक्षामा सहभागी गराउने निर्णय गरेपछि परीक्षा मिति पछि सरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *