अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, असार १८ गते।
राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक (ग्रेडवृद्धि) परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा साउन २३ देखि ३१ गतेसम्म सञ्चालन गरिने भएको छ ।
परीक्षाको आवेदन फाराम परीक्षा नियन्त्रण कार्यालयको वेवसाइट www.see.gov.np बाट डाउनलोड गरी भर्न सकिने बोर्डले जनाएको छ ।