अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, असार २६ गते।
रौतहटमा छुरा प्रहार गरी एक जना युवकको हत्या गरिएको छ।
ईशनाथ नगरपालिका का लवातना गाउँका कईममिया मन्सुरीको छोरा अन्दाजी वर्ष १८ का सहबाज मिया आलमको पेटमा धारिलो हतियार छुरा प्रहार गरी हत्या भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले जानकारी दिइन् ।
युवकको जघन्य हत्या भएको खबर अनुसार राति नै जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरे, जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरी सहितको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान सुरु गरेको थियो।
प्रवक्ता गिरीका अनुसार मृतक आलमलाई गाउँकै केही साथीहरूले मङ्गलवार साँझ ७ बजे केही काम छ भनेर घरबाट बोलाएर लागेका थिए। त्यसपछि उनको पेटमा छुरा प्रहार गरी हत्या गरिएको थियो।
हत्याको कारण हालसम्म खुल्न नसकेको तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।