अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, असार २६ गते।
अविरल वर्षाले अवरुद्ध बनेको पृथ्वीराजमार्गको बुद्धसिंह मार्गको पहिरो हटाइएको छ ।
उक्त मार्गको विभिन्न ठाउँमा गएको पहिरो हटाउन सोमबार साँझदेखि काम सुरु गरिएको थियो ।
बाटोमा लेदोसहितको पहिरो खस्दा राजमार्ग अवरुद्व भएको थियो । पृथ्वीराजमार्गअन्तर्गत पर्ने बन्दीपुर–५ याम्पा नजिक खसेको पहिरा पन्छाएर एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याएको प्रहरीले जनाएको छ ।