अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, भदौ ३ गते।
आज देशभर रक्षाबन्धन पर्व मनाइँदै छ ।
आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् ।
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी अत्यन्त बलशाली दानवराज बलिसमेत बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए । सोही पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा निरन्तर छ ।
तराई क्षेत्रमा दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाउँछन् । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । दाजुभाइले आफ्नो खुसीले राखी बाँध्ने दिदीबहिनीलाई कोसेलीको रुपमा दानदक्षिणा दिने चलन छ ।