अनलाईन न्युजपाटी ,जनकपुरधाम,ज्योतिष विवेक पाण्डेय ,समाचारदाता,असोज २० गते।
नवरात्रको चौंथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैछ।
कुष्माण्डा भगवतीको हातमा चक्र, कलश, कमलको फूल, वाँण, धनुष, कमण्डल र जपमाला छन् । आदिशक्तिस्वरुपा माता कूष्माण्डा देवी थोरै समयको आराधनाबाट पनि प्रसन्न हुनुहुन्छ । जुन शक्तिको आराधनाले दुःखकष्ट, रोग ब्यधि हटेर आयु, सन्तान, यश, कीर्ति, बल प्राप्त हुन्छ ।
चतुर्थी तिथिका दिन माता कुष्माण्डको पूजा आराधना गरेमा ज्ञान र बुद्धि प्रदान हुनुका साथै कुनै पनि प्रकारका वाणीमा दोष छ या नबोल्ने बालकहरूका लागि रोकिएको वाणी खुल्ने छ। उक्त तिथिमा मालपुवा अर्पण गरी पूजा गरेमा र मालपूवा दान गरेमा शुभ हुने कुरा उल्लेख गरिएको छ ।
नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।