अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, कात्तिक १ गते।
आज कर्णाली प्रदेशमा प्रदेशभर सार्वजनिक बिदा दिइएको छ ।
कर्णाली प्रदेश सरकारले कोजाग्रत पूर्णिमाको अवसरमा प्रदेशभर लागू हुनेगरी सार्वजनिक बिदा दिएको हो ।
यसपटक असोज ३० गते र कात्तिक १ गते दुई दिन पूर्णिमा परेको छ ।
गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार आज प्रदेश भर बिदा दिइएको प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।