अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, कात्तिक १ गते।
साफ वुमन्स च्याम्पियनसिप फुटबल आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदै हुँदैछ ।
उद्घाटन खेलमा समूह ए मा रहेका भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ ।
प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने अखिल नेपाल फुटबल सङ्घ(एन्फा)ले जनाएको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ ।