आज मिथिलाञ्चलमा कोजागरा मनाइँदै

अनलाईन न्युजपाटी ,जनकपुरधाम, समाचारदाता,असोज ३० गते।

आज मिथिलाञ्चलमा कोजागरा मनाइँदैछ।

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रतलाई मिथिला क्षेत्रमा कोजागरा भन्ने गरिन्छ

मैथिल संस्कृति अनुसार यो पर्व पारिवारको समृद्धि र सौभाग्यका लागि मनाइजे जनविश्वास छ। मैथिली संस्कृतिमा कोजागरालाई निर्मल, धवल एवम् शीतल रातिका रूपमा प्रसिद्ध मानिएको छ।

कोजाग्रात पुर्णिमाका दिन जानकी मन्दिरमा सर्वसाधारणले पान, मखान, मिसरी सहितका प्रसाद चढाउने गर्दछन् भने आजको दिन मिथिलाञ्चलमा सबैले आ आफ्नो घरमा समेत पान र मखान खाने चलन छ।

कोजाग्रत पूर्णिमाको राति भगवान राम र सीताको प्रतिमालाई जानकी मन्दिरबाहिर निकाली गीतसंगीतका साथै पान, मखान र बतासाको वर्षाउने गरेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *