अनलाईन न्युजपाटी ,एजेन्सी ,समाचारदाता, असोज २९ गते।
कपिल शर्मा शोका हास्य कलाकार अतुल परचुरेको ५७ वर्षको उमेरमा निधन भएको छ।
मराठीसँगै हिन्दी फिल्म र टिभी सिरियलमा काम गरेका अतुल परचुरे लामो समयदेखि क्यान्सरसँग लडिरहेका थिए ।
तर, क्यान्सरलाई जितेर उनले फेरि उत्साहका साथ काम गर्न थालेका र धेरै मराठी शोहरूमा आफ्नो भूमिकाबाट दर्शकको मनमा राज गरेका थिए ।