अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, असोज २९ गते।
सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको छ ।
आज मंगलबार १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । दसैँ अघि असोज २३ गते प्रतितोला १ लाख ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँ बढेर आज एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ ।