अनलाईन न्युजपाटी ,जनकपुरधाम, समाचारदाता,मंसिर २६ गते
तराईमा हुस्सुले जनजीवन कष्टकर बन्दै गएको छ।
मङ्सिर अन्तिम साताको प्रारम्भसँगै चारैतिर बाक्लो हुस्सुले डम्म ढाकेपछि मधेशका जिल्लामा जाडो निकै बढेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार तापक्रम घट्दै जाने भएकाले चिसो थप बढ्ने छ। महाशाखाका अनुसार देशका मध्य, मध्यपश्चिम र पूर्वी तराई-मधेशका जिल्लामा हुस्सु तथा कुहिरो लाग्न थालेको छ।
चिसोले बिहान आवतजावत गर्ने विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असाह्य, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन्।