एनपीएलअन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, मंसिर २६ गते

एनपीएलअन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै छन् खेल त्रिवि क्रिकेट मैदानमा विहान ९ बजे सुरु हुनेछ।

जनकपुरले चार खेलबाट ८ अंक जोडेको छ। त्यस्तै सुरुवाती तीन खेलमा लगातार जित हासिल गरेको सुदूरपश्चिम तालिकाको दोस्रो स्थानमा छ। सदूरपश्चिमको ६ अंक छ।

सुदूरपश्चिमले आज जनकपुरलाई हराए नेट रनरेटका आधारमा शीर्ष स्थानमा उक्लनेछ।

दोस्रो खेलमा लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाजबीच प्रतिस्पर्धा हुँदै छ खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *