अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, मंसिर २३ गते
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशीक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ भने तराईका भू-भागहरू तथा उपत्यकाहरुका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ।
दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा दिउँसो हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहने पूर्वानुमान छ।