अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, मंसिर २३ गते
एनपीएलअन्तर्गत आजको पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्स बीच प्रतिस्पर्धा हुँदै छ ।
यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजे सुरु हुनेछ । जारी एनपीएलमा दुवै टिमको चौथो खेल हो ।
जनपुरले पहिलो खेलमा विराटनगरलाई ८ विकेटले, दोस्रो खेलमा कर्णालीलाई ८ विकेटले र तेस्रो खेलमा पोखरालाई ७ विकेटले पराजित गरेको थियो।
लुम्बिनी पहिलो खेलमा विराटनगरसँग २ विकेटले, दोस्रो खेलमा पोखरासँग १० विकेटले र तेस्रो खेल सुदूरपश्चिमसँग ४५ रनले पराजित भएको थियो।
दिउँसो सवा १ बजे हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज् भिड्दैछन्।