अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, पुस ८ गते
पश्चिम नेपालबाट आजदेखि हिउँदे वर्षा सुरु हुने भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पश्चिम नेपालका पहाडी र हिमाली भेगमा वर्षा हुने सम्भावना छ।
काठमाडौं र पोखरामा पनि छिटफुट वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यसपछि वर्षा गराउने अर्को प्रणाली शुक्रबार आइपुग्नेछ। त्यो पनि पश्चिम नेपालमा मात्र रहने महाशाखाको बुलेटिनमा उल्लेख छ।
यसका साथै उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपात हुँदा जाडो बढ्ने र जनजीवन प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।