अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, पुस १३ गते
कर्णालीका उच्च जिल्लामा शुक्रबार रातिदेखि हिमपात शुरु भएको हो ।
शुक्रबार दिउँसो घाम नलागेर मौसममा आएको फेरबदलले बाक्लो बादल लागेका कारण रातिदेखि हिमपात भएको हो ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा पनि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएकोले चिसोबाट बच्न सरोकारवाला निकालयले सचेत गराएका छन् ।