आज – १४ पौष २०८१ आइतवार को राशिफल

अनलाईन न्युजपाटी ,जनकपुरधाम,ज्योतिष विवेक पाण्डेय ,समाचारदाता,पुस १४ गते  

मेष (चुचेचोलालिलुलेलो)#Aries:

योजना सफल बन्नेछन् । वैदेशिक क्षेत्रको योजनाबाट नाम र दाम मिल्ने योग छ । राज्यले गरेका विकृतिको चर्चा हुनेछ । संगठनको बलमा उत्तेजना बढ्ने भएकाले शान्त बन्नुपर्नेछ । परिवारसँगको सम्बन्ध शान्त बन्नेछ ।

बृष (बाबिबुबेबो)#Taurus :

सोचेको काम नबन्दा मन उदास हुनेछ । लगानीका क्षेत्रमध्ये प्राविधिक शिक्षाबाट लाभ हुनेछ । स्वास्थ्यको क्षेत्रमा झुकाब रहने दिन छ । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

मिथुन (काकिकुकेको)#Gemini:

सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ । कला र गलाको माध्यमबाट तपाईंको चर्चा हुनेछ । खानपानमा ख्याल नगर्ने बानीले पुरानो रोग बल्झने छ । व्यवस्थापन गर्न नसक्दा परिवारसँगको सम्बन्धमा खटपटी बढ्नेछ ।

कर्कट (हिहुहेहोडाडिडुडेडो#Cancer :

पुराना साथीसँग मित्रता बढ्नेछ । संगठनको बलमा काम गर्ने बानीले अप्ठेरो पर्ने योग छ तपाईंले आफ्नो सोचेको मान्छे फरक कित्तामा पुग्ने जोखिम रहेको छ । परिवारबाट धोका हुने योग छ ।

सिंह (मामिमुमेमोटाटिटुटे)#Leo :

तपाईंको राशिमा सूर्य र बुध पुगेका छन् । यसले गर्दा राम्रो कामको सुरुवात गर्दा फाइदा हुनेछ । अध्ययनमा रुचि बढ्नेछ । धन आर्जन गर्ने नयाँ योजना बन्नेछन् । परिवारमा हुने बौद्धिक टकराबले खटपटी बढ्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ ।

कन्या (टोपिपुपेपो)#Virgo :

आफ्नो व्यवसायबाट राम्रो आम्दानी जुट्नेछ । परिवारको सकारात्मक सहयोग मिल्नेछ । सामाजिक संस्थामा एकता हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । अरुलाई भिडाउँदा तपाईंलाई फाइदा हुने योग छ ।

तुला (रिरुरेरोतातितुते)#Libra :

तपाईंका कार्ययोजना सफल बन्नेछन् । शिक्षामा सफलता मिल्नेछ । आफूलाई माया गर्ने बानीको विकास गर्नुपर्ने दिन छ । समय अनुसारको शारीरिक व्यायाम नहुँदा रोग बढ्नेछ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ । परिवारसँगको सम्बन्ध कसिलो बन्नेछ ।

वृश्चिक (तोनानिनुनेनोयायियु)#Scorpio:

धनलक्ष्मी योग परेको छ । पुरानो लगानी र गुम्न लागेको रकम प्राप्त हुनेछ । तपाईंले राज्यको सेवा गर्ने अवसर प्राप्त गर्नु हुनेछ । सानो काममा अलमल नगर्नु राम्रो फाइदाजनक हुनेछ । पारिवारिक व्यवस्थापनमा आफू सक्रिय हुनु राम्रो हुनेछ ।

धनु (येयोभिभुफाभे)#Sagittarius :

समय राम्रो छ । तपाईंका गलत काम लुक्नेछन् । लगानीका स्रोत राम्रा छन् । शिक्षा र स्वास्थ्यमा भन्दा व्यवसायबाट राम्रो आम्दानी हुनेछ । सुख र दुःखमा परिवारको साथ मिल्नेछ ।

मकर (भोजिखिखुखेखोगागि)#Capricorn :

बढी खर्च गर्ने बानीले परिवारमा विवाद बढ्नेछ । आफूभन्दा ठुला व्यक्तिसँगको सुझावले राहत मिल्नेछ । स्वदेशमा भन्दा विदेशमा गरेको श्रम र लगानीबाट फाइदा हुनेछ । अप्ठेरो अवस्थामा प्रेम सम्बन्धले मनमा खुशी मिल्नेछ ।

कुम्भ (गुगेगोसासिसुसेसो#Aquarius:

आफ्नै कारणले शत्रु बढ्नेछन् । बोल्नु अगाडि सोच्नु राम्रो हुनेछ । स्वास्थ्यमा रोगको प्रकोप बढ्नेछ । साथी र संगतले सहयोग गर्ने हुँदा नयाँ काम बन्नेछन् । परिवारले दुःखमा साथ र सहयोग गर्ने योग छ । बिहान शिव भजन सुनेमा मात्र दिन सहज बन्नेछ ।

मीन (दिदुदेदोचि) #Pisces :

अप्रिय समाचारले मन अशान्त बन्नेछ । प्राविधिक क्षेत्रमा गरेको लगानीबाट लाभ हुनेछ । आफ्ना दैनिकी सहज भए पनि अनुत्पादक क्षेत्रमा लगानी हुने जोखिम भएकाले सचेत बन्नुपर्ने दिन छ । परिवारमा बौद्धिक टकराब हुने भएकाले थोरै बोल्नु राम्रो हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *