आजदेखि बजेट अधिवेशन सुरु हुँदै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, वैशाख २८ गते।

आजदेखि बजेट अधिवेशन सुरु हुँदै छ। अधिवेशनको पहिलो बैठक आज दिउँसो दुई बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।

वैशाख २० गते बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। वैशाख २१ गते राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबारका लागि अधिवेशन आह्वान गरेका थिए।

आज पहिलो दिनको बैठक भएकाले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी व्यहोराको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने कार्यसूची छ

यसैगरी सभामुखले बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयनको जानकारी पनि गराउने छन् ।

त्यसपछि अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा सांसदहरुले बैठकलाई सम्बोधन गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *