सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, जेठ १ गते।

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ

दिउँसो ३ बजे बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।

राष्ट्रपतिले वाचन गरेपछि अर्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रमको प्रति टेबल गर्ने कार्यसूची रहेको छ ।

सरकारको नीति तथा कार्यक्रम पारित भएपछि जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत हुने छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *