भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन

अनलाईन न्युजपाटी , एजेन्सी,समाचारदाता, पुस १२ गते  

भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ।

उहाँ ९२ वर्षको हुनुहुन्थ्यो । उनको स्वास्थ्य बिग्रिएपछि बिहीबार साँझ दिल्लीस्थित एम्समा भर्ना गरिएको थियो।

उपचारको क्रममा उहाँको निधन भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार सिंहलाई उमेरसँग सम्बन्धित समस्याहरू देखिएपछि लामो समयदेखि घरमै उपचार भइरहेको थियो

सन् १९३२ मा पञ्जाबमा जन्मिएका मनमोहन सिंहले सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल भारतको प्रधानमन्त्रीको रूपमा काम गर्नुभएको थियो ।

सन् २००४ को लोकसभा चुनावमा अटल बिहारी बाजपेयी नेतृत्वको एनडीएविरुद्ध कंग्रेसले विजय हासिल गरेपछि उहाँले पहिलो पटक सन् २००४ मा प्रधानमन्त्री पदको शपथ लिनुभएको थियो ।

यस्तै उहाँले सन् २००९ देखि २०१४ सम्म दोस्रो कार्यकाल सम्हाल्नुभएको थियो । उहाँले सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जिम्मेवारी सुम्पिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *