अनलाईन न्युजपाटी ,जनकपुरधाम,ज्योतिष विवेक पाण्डेय ,समाचारदाता,साउन १६ गते।
आज यस वर्षको श्रावण कृष्ण एकादशी अर्थात् कामिका एकादशीको पावन अवसरमा जजसले यस एकादशीको व्रत कथा भक्तिका साथ श्रवण गर्दछ उसले वैकुण्ठ प्राप्त गर्दछ भनी एकादशी महापुराणमा लेखिएको छ ।
यस एकादशीमा व्रत लिनाको फल भने अश्वदान गरेझैं हुनेगर्दछ, अश्व अर्थात घोडा जसको दान गरिने यज्ञ अश्वमेघ यज्ञ सबैभन्दा महान यज्ञका रुपमा मानिएको पाइन्छ । काशीको गंगामा प्रातकालिन डुबुल्की मारे भन्दा धेरै, नैमिश्रयण या पुस्करको जगंलमा तपस्या गरेभन्दा धेरै यस एकादशीको व्रतको फल रहने गर्दछ । मानव हित अनि मोक्षका लागि यस एकादशीको महत्व वास्तवमै धेरै ठाँउमा वर्णन गरिएको पाइन्छ ।
सौर्य ग्रहणका दिन कुरुक्षेत्रमा स्नान गरेभन्दा धेरै, शालिग्रामको निवास रहेको गण्डकी नदिमा स्नान गरेभन्दा धेरै, गोदावरी स्नान भन्दा धेरै, दुहुनो गाई र बाच्छी दान गरेभन्दा धेरै फल आजको एकादशीको व्रत लिँदा हुने बताइएको छ ।
आजको एकादशीको साँझमा शुद्य घ्यूको दियो तुलसाको मोठमा बाल्ने चलन पनि छ । अनि भगवानलाई पञ्चामृत भोग लगाउने चलन पनि रहेको पाइन्छ । तुलसीको पात या मठ नभएमा मन्जरी या तुलसीको डाँठ या केही नभएमा जुनसुकै बस्तुलाई विष्णुको प्रतिमा मानेर स्थापना गरि अर्चना गर्न सकिन्छ । अन्न र नुनको प्रयोग यस एकादशीमा वर्जित छ ।