तपाईँको आजको १८ कार्तिक २०८१ दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, कात्तिक १८ गते।

मेष (चुचेचोलालिलुलेलो)#Aries:

सञ्चित धन खर्च हुनेछ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ । संकटमा परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

 

वृष(बाबिबुबेबो)#Taurus :

राम्रो बोल्छु भन्दाभन्दै नराम्रो शब्द सार्वजनिक हुने भएकाले थोरै बोल्नु राम्रो हुनेछ । राजनीतिक क्षेत्रमा संगठनले साथ दिनेछ । चाडपर्वको नाममा निन्द्रा गडबढ हुनेछ । खान रुचि नहुने जोखिम छ । प्राविधिक शिक्षामा प्रगति हुनेछ ।

 

मिथुन (काकिकुकेको)#Gemini:

अचानक धन नास हुने जोखिम छ । खर्च गर्नु अगाडि सचेत बन्नु राम्रो हुनेछ । शिक्षाका क्षेत्रमा राहत मिल्नेछ । विपक्षीले अप्ठेरोमा लडाउने भएकाले सचेत बन्नु राम्रो हुनेछ । परिवारमा धोका हुने भएकाले व्यवहार गर्दा सोच्नुपर्ने दिन छ ।

 

कर्कट कर्कट (हिहुहेहोडाडिडुडेडो)#Cancer :

आफूले आफूलाई चिन्न नसक्दा समस्या बल्झिनसक्छ । बढी चिल्लो र गुलियो खानाले शरीरमा रोगको प्रकोप बढ्नसक्छ । प्राविधिक शिक्षा र राजनीतिक क्षेत्रमा तपाईंको नाम चर्चामा हुनेछ । परिवारमा भने खटपटी बढ्नेछ ।

 

सिंह सिंह (मामिमुमेमोटाटिटुटे)#Leo :

दिन सहज छ । साथीको सहयोगमा रमाइलो गर्ने समय हो । खानपानमा सचेत बन्नु राम्रो हुनेछ । परिवारमा खटपटी बढ्नेछ । कला र गलाको प्रदर्शन हुँदा तपाईंको प्रशंसा हुनेछ ।

 

कन्या (टोपिपुपेपो)#Virgo :

धनलक्ष्मी योग परेको छ । लक्ष्मीप्रति भक्ति राख्नु राम्रो हुनेछ । राज्यको अंगमा काम गर्दै हुनुहुन्छ भने तपाईंको बढुवा हुनेछ । साथीहरु सकारात्मक भएकाले परोपकारमा मन दिनु आवश्यक देखिन्छ । परिवारले तपाईंलाई राम्रो साथ दिनेछन् ।

 

तुला (रिरुरेरोतातितुते)#Libra :

तपाईंको राशिमा चन्द्रमा र सूर्यको संगम भएकाले तपाईंको कला र गलाको प्रशंसा हुनेछ । दान गरेमा मन शान्त हुनेछ । शिक्षाको क्षेत्रमा ढिलासुस्ती बढ्नेछ । आफू सचेत रहनसके रोगबाट मुक्त हुने अवसर मिल्नेछ । दक्षिणको यात्रा नगर्नु राम्रो हुन्छ ।

 

वृश्चिक (तोनानिनुनेनोयायियु)#Scorpio:

साथीभाइको सहयोग मिल्नेछ । खानपानमा ख्याल नगर्दा रोग बढ्नेछ । शिक्षाको क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ । परिवारमा खटपटी बढ्ने योग छ । प्रेम सम्बन्धमा विवाद हुने भएकाले अगाडि नबढ्नु फाइदा होला ।

 

धनु  (येयोभिभुफाभे)#Sagittarius :

दिन सहज छ । आजको लगानीबाट फाइदा हुनेछ । रोगबाट मुक्त हुने योग छ । विपक्षी सक्रिय भएकाले काम गर्दा तीन पटक सोचेर अगाडि बढ्नु राम्रो हुनेछ शेयर कारोबारमा फाइदा हुनेछ ।

 

मकर(भोजिखिखुखेखोगागि)#Capricorn :

सञ्चित धन खर्च हुनसक्छ । लगानी गर्न अगाडि नबढ्नु राम्रो हुनेछ । साथी र संगठनको राम्रो साथ मिल्नेछ । एकल लगानी भने घातक हुनेछ । परिवारले साथ नदिँदा मन अशान्त बन्ने खतरा छ

 

कुम्भ (गुगेगोसासिसुसेसो)#Aquarius:

मुल त्रिकोणमा शुभग्रह बसेका छन् । लगानीका क्षेत्रमा फाइदा हुनेछ । साथीभाइले साथ दिनेछन् । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । व्यापारमा फाइदा हुनेछ

 

मीन(दिदुदेदोचि)#Pisces :

पश्चिमको यात्रा नगर्नु राम्रो हुनेछ । अचानक नराम्रो समाचारले मन अशान्त बन्नेछ । आज नयाँ कुरा गर्नु भन्दा दैनिक कामलाई मात्र निरन्तरता दिनु राम्रो हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

 

राशिफल जे जस्तो भए पनि तपाईंको दिन शुभ रहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *