आज – २४ कार्तिक २०८१ शनिवार को राशिफल

अनलाईन न्युजपाटी ,जनकपुरधाम,ज्योतिष विवेक पाण्डेय ,समाचारदाता,कात्तिक २४ गते।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)#Aries:

दिन सामान्य छ । विश्वास गरेका पात्रले धोका दिनेछन् । खानपानमा ख्याल नगर्दा रोग बढ्ने जोखिम छ । आफूभन्दा ठुलाको सल्लाह लिएर अगाडि बढेमा दिन सहज हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)#Taurus :

साना कुरामा रिस उठ्नसक्छ । शान्त बन्न सिक्नुपर्नेछ । स्वास्थ्यले साथ दिने योग छ । परिवारमा मेलमिलाप हुनेछ । राजनीति भन्दा कृषि र पशुपालनको क्षेत्रमा फाइदा हुनेछ । साथीभाइको सहयोग मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)#Gemini:

दिन सहज छ । संगठनमा तपाईंको कामको प्रशंसा हुनेछ । आफ्नै कारणले आफन्त टाढा हुनेछन् बोलीमा ख्याल गर्नु राम्रो हुनेछ । परिवारसँगै बसेर रमाइलो गर्ने अवसर मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)#Cancer :

धेरै साथीको साथ पाउने दिन छ । स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । फलफूलको व्यापारमा फाइदा हुनेछ । परिवारको साथले महत्त्वपूर्ण काम बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)#Leo :

बोली र व्यवहारमा सचेत बन्नुपर्नेछ । फलामको व्यापारमा फाइदा हुनेछ । दाजुभाइसँग सहकार्य गरेर अगाडि बढ्नु राम्रो हुनेछ । परिवारको भावना नबुझ्नाले खटपटी बढ्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)#Virgo :

दिन सहज छ । बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ । निजी काममा भन्दा परोपकारमा मन जानेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । परीक्षाको नतिजा पर्खिएको भए राम्रो परिणाम आउनेछ । स्वास्थ्यले साथ दिनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)#Libra :

अप्रिय खबरले मन दुःखी हुनेछ । प्राविधिक शिक्षाको क्षेत्रमा जोश र जाँगर बढ्नेछ । स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ । संकटमा परिवारको साथ मिल्ने योग छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)#Scorpio:

बोलीको प्रभावले अरुको परोपकार गर्न सकिनेछ । समाजसेवामा झुकाव रहनाले परिवारलाई समय दिन कठिन हुनसक्छ । सामाजिक सेवाको अवसर मिल्नेछ । दाजुभाइको साथ लिएर अगाडि बढेमा हरेक काममा सफलता मिल्नेछ ।

धनु  (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)#Sagittarius :

धनलक्ष्मी योग परेको छ । सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ । साथीभाइको साथ मिल्नेछ । राजनीतिक संगठनमा राम्रो पहुँच बन्नेछ । खानपानमा ख्याल नगर्दा रोगको प्रकोप बढ्ने जोखिम छ । परिवारको साथ र सहयोग मिल्नेछ ।

मकर(भो, ज, जि, खि, खु, खे, खो, गा, गि)#Capricorn :

तपाईंको राशिमा चन्द्रमा आइपुगेकाले मन खुशी हुनेछ । व्यवहारमा कुशलता प्रदर्शन गर्ने दिनछ । शुभग्रहको बहुमत भएकाले सोचेको काम बन्नेछ । अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नु राम्रो हुनेछ । परिवारमा खटपटी बढ्ने भएकाले थोरै बोल्नु राम्रो हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)#Aquarius:

स्वास्थ्यमा समस्या हुनसक्छ । टाउको दुख्ने र पेट सम्बन्धी समस्याले सताउने छ । मध्य साढेसाती दशाले सञ्चित धनको खर्च गराउन सक्छ । बिहान उठेर शिवको भजन र पुजन गरेमा दिन सहज बन्नेछ ।

मीन(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)#Pisces :

दिन राम्रो छ । आम्दानीका स्रोत धेरै छन् । विशेष गरेर दाजुभाइ र दिदीबहिनीले असहयोग गर्ने जोखिम छ । आफ्नो योजना सफल पार्न गणेशको पूजा गर्नु राम्रो हुनेछ । साथीभाइसँगको भेटले दिन सहज बन्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *