अनलाईन न्युजपाटी ,जनकपुरधाम ,समाचारदाता,कात्तिक २१ गते।
महापर्व छठको दोस्रो दिन आज ‘खरना’ रहेको छ ।
ब्रतालुले आज कार्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन् ।
आज बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खिर कूल देवता र छठी देवीलाई चढाइ बर्तालुले त्यही खिर खानेछन् । यो विधिलाई ‘खरना’ भनिन्छ ।