अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, फागुन १ गते।
नेपालले एसीसी वुमन्स प्रिमियर कपमा आज माल्दिभ्ससँग खेल्दैछ ।
खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा सुरु हुनेछ ।
यसअघिका २ खेलमा जित हासिल पारेको नेपाल माल्दिभ्सविरुद्ध पनि सहज जितको लक्ष्यसहित मैदान उत्रिनेछ। नेपालले यसअघि पहिलो खेलमा शनिबार हङकङलाई ८ विकेटले हराएको थियो। यस्तै, दोस्रो खेलमा आइतबार भुटानविरुद्ध पनि नेपालले ८ विकेटकै जित निकालेको थियो।
समूह चरणको अन्तिम खेलमा नेपालले मंगलबार माल्दिभ्ससँग खेल्न लागेको हो।
प्रतियोगितामा १६ सहभागी टोली ४ समूहमा छन्। हरेक समूहका शीर्ष २ टोली क्वाटरफाइनलमा पुग्नेछन्। सेमिफाइनल हुँदै फाइनलमा पुग्ने २ टोलीले यसै वर्ष हुने वुमन्स एसिया कप खेल्न पाउनेछन्।