अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, फागुन १ गते।
पाल्पामा जीप दुर्घटनामा परि आठ जनाको मृत्यु भएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका-५, मस्यामको चिदिसमा आज भएको जिप दुर्घटनामा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।
सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटना भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले बताए ।
दुर्घटनाको कारण खुलेको छैन ।