आईपीएलमा(IPL) लखनउ सुपर जायन्ट्सले गुजरात टाइटन्टसलाई ३३ रनले पराजित गर्यो

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,चैत २६ गते।

आईपीएलमा(IPL) गएराति भएको खेलमा लखनउ  सुपर जायन्ट्सले गुजरात टाइटन्टसलाई ३३ रनले पराजित गरेको हो ।

लखनउ सुपर जायन्ट्सले १ सय ६४ रनको लक्ष्य पछ्याएको गुजरात १८.५ ओभरमा मात्र १ सय ३० रनमा समेटियो ।

लखनउका लागि ठाकुरले ३.५ ओभर बलिङ गर्दै एक मेडनसहित मात्र ३० रन खर्चेर ५ विकेट लिए ।

क्रुनाल पान्ड्या ३, नवीन उल हक र रवि विश्रोईले एक/एक विकेट लिए ।

लखनउले २० ओभरमा पाँच विकेट गुमाउँदै १६३ रन बनाएको थियो ।

मार्कस स्टोइनिसले ४३ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५८ रन बनाए । निकोलस पुरन ३२, लोकेश राहुल ३३, आशुष बदोनी २० र क्विन्टन डी कक ६ रनमा आउट भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *