अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,वैशाख २२ गते।
आइपीएलमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई २४ रनले पराजित गरेको हो ।
पहिला ब्याटिङ गरेको कोलकाताले निर्धारित ओभरको १ बल बाँकी हुँदा सबै विकेट गुमाएर १६९ रन बनाएको थियो । जवाफमा मुम्बई १८. ५ ओभरमा सबै विकेट गुमाएर १४५ रनमा रोकिन पुग्यो ।
इशान किशन १३ रन, नमन धीर र रोहित शर्माले ११–११ रन बनाएर आउट भए । यस खेलमा चौथो नम्बरमा ब्याटिङ गर्न आएका सूर्यकुमार यादवले विस्फोटक प्रदर्शन गरेका थिए । उनले ३५ बलमा ५६ रन बनाए । ३६० डिग्री ब्याट्सम्यानले ३० बलमा अर्धशतक प्रहार गरे । यो उनको आईपीएल करियरको २४ औं अर्धशतक हो । टिम डेभिडले २४ रन बनाउन सफल भए ।
यस्तै, मुम्बईका लागि तिलकले चार, नेहालले छ, पाण्डेयले एक, जेराल्डले आठ, पियुषले शून्य र जसप्रीतले एक रन बनाए । मुम्बईको टोली १८.५ ओभरमा १४५ रन बनाएर अलआउट भयो ।
पहिले ब्याटिङमा आएको कोलकाता नाइट राइडर्स मुम्बई इन्डियन्ससँग संघर्षरत देखिएको थियो । टोलीले ५७ रनको स्कोरमा पाँच विकेट गुमाएको थियो । मुम्बईको घातक बलिङका अगाडि साल्ट(नारायण जस्ता ब्याट्सम्यान पूर्ण रूपमा फ्लप साबित भए। उक्त खेलमा साल्टले ५ रन, रघुवंशीले १३ रन, श्रेयस अय्यरले ६ रन, सुनिल नारायणले ८ रन र रिंकु सिंहले ९ रन मात्र बनाए ।
यसपछि मोर्चा मनिष पाण्डे र वेंकटेश अय्यरले लिए । यी दुईबीच छैटौं विकेटका लागि ६२ बलमा ८३ रनको साझेदारी भयो। प्रभावशाली खेलाडीका रुपमा आएका पाण्डेलाई हार्दिक पाण्ड्याले आउट गरेका थिए । उनी ४२ रन बनाएर फर्किए । कोलकातालाई १७ औं ओभरमा दुई हार बेहोरेको थियो । आन्द्रे रसेलले यो ओभरमा ७ रन मात्रै बनाउन सके ।
अंक तालिकाको दोस्रो स्थानमा रहेको श्रेयस अय्यरको टोली प्लेअफमा पुग्ने बाटोमा छ । मुम्बई नवौं स्थानमा छ ।