अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, वैशाख २२ गते।
नेपाल र वेस्ट इण्डिज ए बीचको टी-२० सिरिजको अन्तिम खेल आज हुँदैछ।
खेल त्रिवि मैदान कीर्तिपुरमा दिउँसो १२:१५ मा सुरु हुनेछ । सुरुआती चार खेलमा वेष्टइण्डिजले सिरिज ३–१ ले जितिसकेको छ ।
आजको खेल नेपाललाई विश्वकप अघिको तयारी हुनेछ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । तर, त्यसपछि १० रन, ७६ रन र २८ रनले पराजित हुँदै सिरिज गुमाएको थियो ।