आईपीएलमा गुजरात टाइटान्सले चेन्नइ सुपर किंग्सलाई ३५ रनले पराजित गर्यो

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,वैशाख २९ गते।

आईपीएलमा गुजरात टाइटान्सले चेन्नइ सुपर किंग्सलाई ३५ रनले पराजित गरेको छ ।

२ सय ३२ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रेको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९६ रन मात्र बनाउन सक्यो ।

चेन्नेइका ड्यारील मिचेलले सर्वाधिक ६३ रन बनाए भने मोइन अलिले ५६, महेन्द्र सिंह धोनीले २६ र शिवम दुबेले २१ रन बनाए ।

गुजरातका मोहित शर्माले ३,  राशिद खानले २ तथा उमेश यादव र सन्दीप वारियरले समान एक/एक विकेट लिए

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले गिल र सुर्शनको दुई शतकको मद्दतमा ३ विकेटको क्षतिमा २३१ रन बनाएको थियो ।

गिलले ५५ बलमा ९ चौका र ६ छक्कासहित १०४ रन बनाए भने सुदर्शनले ५१ बलमा ५ चौका र ७ छक्कासहित १०३ रन बनाए । डेविड मिलरले १६ रन थपे ।

चेन्नेइका तुशार देशपाण्डेले २ विकेट लिए ।

यो जितसँगै गुजरात १० अंकसहित आठौ स्थानमा छ भने चेन्नेइ १२ अंकका साथ चौथो स्थानमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *