अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,जेठ ६ गते।
रोयल च्यालेनजर्स बेंग्लुरु चेन्नेइ सुपर किंग्सलाई पराजित गर्दै आईपीएलको प्लेअफमा प्रवेश गरेको छ ।
शनिबार राति भएको खेलमा बेंग्लुरुले चेन्नेइलाई २७ रनले पराजित गर्दै प्लेअफमा पुगेको हो ।
यो हारसँगै चेन्नई भने प्रतियोगिताबाट बाहिरिएको छ।
पहिले ब्याटिङ गर्दै घरेलु टोली बेंगलोरले आठ विकेटको क्षतिमा २१८ रन बनाएको थियो।
जवाफमा चेन्नाईले सात विकेट गुमाउँदै १९१ रन मात्र बनाउन सक्यो। दुवै टोली समान १४ अंकमा रहे पनि बेंगलोरले रन रेटको आधारमा प्लेअफ पुगेको हो।
प्लेअफ पुग्नका लागि बेंगलोरले लगातार ६ खेल जितेको छ।