सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ किनबेच?

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, वैशाख २३ गते

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ५ हजार ३०० रुपैयाँले बढेर एक लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ६०० रुपैयाँ कायम भएको भएको थियो ।

यसैबीच चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *