आज पनि बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच?

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, वैशाख २५ गते

नेपाली बजारमा आज सुनको भाउ बढेको छ भने चाँदी सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको हो । यससँगै सुन आज प्रतितोला छापावाल १ लाख ९२ हजार २ सय रुपैयाँ कायम भएको हो।

यस्तै, आज चाँदीको मूल्य घटेको छ । आज चाँदी १० रुपैयाँले घटेर एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार भने तोलामा १ हजार ९६५ रुपैयाँ कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *