अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, जेठ ५ गते
नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ ।
आज प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्य कायम भएको हो ।