आजको मौसम कस्तो रहला ?

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, जेठ ७ गते

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

यसका साथै नेपालको मौसमी प्रणालीमा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको महाशाखाले जानकारी दिएको छ।

आज दिउसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी  र लुम्बिनी प्रदेश लगायत पहाडी भूभागका थोरै स्थानहरूमा र देशका बाँकी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

आज राति कोशी, मधेस, गण्डकी, लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *