अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, जेठ ८ गते
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १७०० रुपैयाँले बढेको छ ।
१७०० रुपैयाँले बढेर आज प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैबिच चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर २ हजार २५ रुपैयाँ कायम भएको हो ।