सुनको मूल्य तोलामा ८०० रुपैयाँले घट्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, साउन १५ गते

सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ ।

आज सुन तोलामा आठ सय रुपैयाँले घटेर एक लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन एक लाख ९४ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ४० रुपैयाँले घटेर दुई हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *