अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, साउन १८ गते
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विभाग जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ ।
आज दिउँसो
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशका थोरै साथै बागमती,गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
आज राती
आज राती देशभर साधारणतया बदली रहनेछ। मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश , गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानहरूमा तथा बाँकी भु-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।