बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, भदौ १२ गते

नेपाली बजारमा आज सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवारको तुलनामा छापावाल सुन तोलामा १ लाख ९९ हजार ४०० रुपैयाँ पुगेको हो ।

बिहीबार छापावाल सुनको मूल्य ४०० रुपैयाँ बढेको हो ।

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा २ हजार ३४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार ३५५ रुपैयाँ कायम भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *