अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, भदौ १३ गते
नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ।
आज सुन तोलामा एक हजार दुई सय रुपैयाँले बढेर दुई लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन तोलामा एक लाख ९९ हजार चार सय रुपैयाँमा कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले बढेर दुई हजार तीन सय ६० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।